×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भए ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भए ?

Artha Sarokar

६ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । बैंकको यो आइपिओ नेपालको इतिहासमा हालसम्मकै ठूलो परिमाणको आइपिओ हो । 
यस बैंकले ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषकाका लागि छुट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरमा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । 
बैंकको यो आइपिओमा प्रतिकित्ता १ सयका दरले माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ । आइपिओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई निक्युक्त गरिएको छ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी