×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आईपीओ बाँडफाँड हुँदै, कसले कति कित्ता सेयर पाउँदैछन् ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आइपिओको बाँडफाँड आज शुक्रबार हुँदैछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आईपिओ बाँडफाँड आफ्नै कार्यालयमा बिहान १० बजेदेखि गर्ने जनाएको हो ।
बैंकको आईपिओको प्रि अलोटमेन्ट बुधबार गरिएको थियो । भाग्यमानी ४ लाख ९२ हजारले ६० कित्ता सेयर पाउने भएका छन् । आईपीओमा आवेदन दिएकामध्ये कूल १४ लाख ७५ हजार ८ जनाको आवेदन रितपूर्वक रहेका छन् भने ६ हजार २७६ जनाको आवेदन रद्द भएका छन् । रितपूर्वक आवेदन दिएकामा १० कित्ताभन्दा बढी र ५० कित्तासम्म आवेदन दिएका लगानीकर्ताले आफुले माग गरेजति नै सेयर पाउने भएका छन् । ६० कित्ता वा सो भन्दा बढी माग गर्ने आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाउने भएका छन् ।
क्यापिटलले ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट बाँडफाँड गरिने जनाएको छ । गोलाप्रथामा कूल ११ लाख ९४ हजार ४ जना आवेदक समावेश हुनेछन् भने भाग्यमानी ४ लाख ९२ हजारले मात्रै बैंकको थप १० कित्ता गरी अधिकतम ६० कित्ता सेयर पाउनेछन् । बैंकले गत माघ २ गतेदेखि माघ ६ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेकाे थियाे ।
आईपीओको नतिजा अर्थ सरोकारमा हेर्न सकिनेछ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: