×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता आईपीओमा आजदेखि आवेदन दिन सकिने, कति कित्तासम्म भर्न पाइन्छ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता आईपीओमा आजदेखि आवेदन दिन सकिने, कति कित्तासम्म भर्न पाइन्छ ?

Artha Sarokar

४ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज माघ ४ गतेदेखि पहिलो चरणको आइपिओ बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई  प्रतिकित्ता १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीको यस आइपिओमा दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् ।
यस्तै सो आइपिओमा माघ १८ गतेसम्म आवेदन भर्न सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । आइपिओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई तोकिएको छ । कम्पनीले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी