×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा जाजरकोटको कालीमाटी बजारमा, १०७ स्थानमा पुग्यो सेवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा जाजरकोटको कालीमाटी बजारमा, १०७ स्थानमा पुग्यो सेवा

Artha Sarokar

२७ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जाजरकोट जिल्लाको नलगाड नगरपालिका, कालीमाटीमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको हो । बैंकले पुस २४ गतेबाट १०७औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरा लाई व्यवसायिक प्रतिनिधि नियुक्तगरिएको छ ।
यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रतिउल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।बैंकले १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी