- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल आयल निगमले २ जना एसिडपीडित रोजगारी दिएको छ । निगमले ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई सहायक स्तरमा करारमा नियुक्त गरेको हो । निगम सञ्चालक समितिको बैठकले उनीहरुलाई निर्वाह खर्च पुग्ने गरी एक वर्षको करार गरेर निगमको काम काजमा खटाउने निर्णय गरेको निगमले जनाएको छ ।
निगमले दुवै जनालाई पुस १६ गतेदेखि कामकाजमा खटाउने गरी निर्णय उक्त गरेको हो । एसिड आक्रमणमा परेका दुबै जनाले आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि निगममा निवेदन दिएका थिए । ओखढुंगाकी पवित्रामाथि गत साउनमा एसिड आक्रमण भएको थियो भने नवलपरासीकी बसन्ती ०७५ साल असोज एसिड आक्रमणमा परेकी थिइन् ।