×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाँगुनारायणस्थित खुला चौरमा जुवा खेल्ने एक महिलासहित १२ जना पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चाँगुनारायणस्थित खुला चौरमा जुवा खेल्ने एक महिलासहित १२ जना पक्राउ

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुनारायणस्थित खुला चौरमा जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–४, नयाँ खोरियास्थित खुला चौरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । दोलखाको सैलुङ घर भएकी ३१ वर्षीया लक्ष्मी तामाङलगायत १२ जनाको साथबाट १ लाख ७३ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: