×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंक लिमिटेडको साधारणसभा माघ १४ गते, यस्ता छन् सभामा पेस गरिने एजेन्डाहरु, बुक क्लोज कहिले ?

PRIME CA

ज्योति विकास बैंक लिमिटेडको साधारणसभा माघ १४ गते, यस्ता छन् सभामा पेस गरिने एजेन्डाहरु, बुक क्लोज कहिले ?

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति विकास बैंकको साधारणसभा माघ १४ गते हुने भएको छ । बैंकको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे हुने भएको हो । बैंकले सभामा १०% बोनस सेयर दिने मुख्य प्रस्ताव सभामा पेश गर्ने भएको छ । 
यस्तै बोनस सेयरपछि पुँजी संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा लैजानेछ । सभा गर्न बैंकले पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुक क्लोज गर्दैछ । पुस २८ गतेसम्म कायम रहने सेयरधनीले प्रतावित लाभांश पाउनेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: