
- अर्थ सरोकार सम्बाददाता
कैलाली । कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । थारू समुदायको माघी पर्वको अवसरमा गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।
अध्यक्ष चौधरीले कैलारीमा थारू समुदायको अत्यधिक मात्रामा बसोबास रहेकाले थारू समुदायको परम्परागत संस्कृतिको जगेर्नाका साथै स्थानीय कला, परम्परा प्रवद्र्धन गर्नका लागि बिदा दिने निर्णय बताए । पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय, सार्वजनिक निकायलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु बन्द रहने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्