×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कामना सेवा विकास बैंकद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १६२.६२% ले बढ्यो खुद नाफा (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यो नाफा गत वर्षको तुलनामा १६२.६२% ले धेरै हो । बैंकले गत वर्ष बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ ।  खुद ब्याज आम्दानी ५७ करोड ४१ लाख २९ हजार ८९१ रुपैयाँबाट बढेर ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ पुगेको हो । सञ्चालन नाफा पनि २१ करोड ११ लाख ४५ हजार रुपैयाँले बढेर २६ करोड २० लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिसम्म आइपुग्दा बैंकले बैंक ३८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता बैंकको जगेडा कोषमा ४९ करोड ५३ लाख १८ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी बढेर ३० रुपैयाँ ७१ पैसा पुगेको छ । साथै प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: