×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणपत्रमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? माघ २२ बाट कामना सेवा विकास बैंकको १० लाख इकाई ऋणपत्र बिक्रीमा आउँदै

PRIME CA

ऋणपत्रमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? माघ २२ बाट कामना सेवा विकास बैंकको १० लाख इकाई ऋणपत्र बिक्रीमा आउँदै

१४ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कामना सेवा विकास बैंकले माघ २२ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले १० वर्ष अवधिको ‘कामना सेवा विकास बैंक डिबेन्चर २०८७ ’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । 
कुल १० लाख इकाई ऋणपत्रमध्ये ४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् भने ६ लाख इकाई ऋणपत्र बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । जसमा वार्षिक ९.५% ब्याज पाइनेछ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । 
लगानीकर्ताले माघ २६ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ भने ऋणपत्र सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: