खोटाङ । जिल्लाको उत्तरी क्षेत्र जोड्ने खार्मी र सप्तेश्वरको सिमानास्थित तापखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा पर्ने तापखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।केपिलासगढी गाउँपालिकाको रु तीन करोड ८३ लाख २६ हजार ९५९ लागतमा निर्माणाधीन पक्की पुलको काम ९५ प्रतिशत सकिएको निर्माण कम्पनी सूर्य कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि सुनिल राईले जानकारी दिनुभयो । “तापखोलामा निर्माणाधीन पक्की पुलको स्ल्याब ढलान र फुटपाथको काम मात्रै बाँकी छ”, उहाँले भन्नुभयो, “स्ल्याब ढलानका लागि फर्माको काम सकेर ढलान गर्ने तयारीमा लागेका छौँ । सम्भवतः यही महिना सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरिनेछ ।”
गत वर्ष नै सकिने पुलको काम विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण वर्ष दिन ढिलो भएको निर्माण कम्पनीले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी विसं २०७५ फागुन १ गते गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएर विसं २०७६ वैशाखबाट पुल निर्माणको काम शुुरु गरिएको थियो ।
गाउँपालिकासँग द्विपक्षीय सम्झौता गरेअनुसार पुल निर्माणको काम विसं २०७८ वैशाखमा सम्पन्न गर्नुपर्ने छ तर निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने सम्झौता मितिभन्दा अगाडि नै पुलको काम सम्पन्न गर्न लागेको हो । निर्माण कम्पनीले काम जिम्मा लिएर सम्झौता समयमा काम नसकी लथालिङ्ग बनाइरहँदा उक्त निर्माण कम्पनीले भने दुई वर्षको काम करिब १८ महिनामा सम्पन्न गर्न लागेको जनाइएको छ । पुल नहुँदा यातायातको समस्या झेल्दै आएका गाउँपालिकावासीको समस्यालाई ध्यानमा राखेर गाउँपालिकाले आफ्नै विकास बजेट खर्चेर पुल निर्माणको कामलाई अगाडि सारेको हो ।
तापखोलामा निर्माणाधीन पक्की पुल सञ्चालनमा आएपछि गाउँपालिकाबाट दिक्तेल, तराई र काठमाडौँ आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो । “पुल नहुँदा वर्षायाममा करिब छ महिना यातायात सेवा बन्द हुँदै आएको छ”, उहाँले भन्नुभयो, “पुल बनेपछि गाउँपालिकाका करिब १४ हजार जनसङ्ख्यालाई आवतजावत गर्न सहज हुनेछ ।”
जिल्लाको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार जोड्ने सडकखण्डको तापखोलामा पक्की पुल नहुँदा वर्षायाममा दैनिक उपभोग्यवस्तु ढुवानीमा प्रतिकिलोग्राम रु ८०० सम्म मूल्य बढ्ने गरेको व्यापारीले बताएका छन् । आठ वर्षअघि विसं २०६९ मा हुर्लुङ–जालपा–बाक्सिला ९३० किलोमिटर० सडक खुले पनि बीचमा पर्ने उक्त तापखोलामा पुल नहुँदा करिब छ महिना सडक अवरुद्ध हुने गरेको छ ।
दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह पछिल्लो समय राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सबै स्थानीय तह जोड्ने सडक वर्षा लागेसँगै पक्की पुल अभावमा करिब छ महिना अवरुद्ध हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । हिउँदभर करिब छ महिनामात्र सञ्चालन हुने सडकलाई पछिल्लो समय बाह्रै महिना सञ्चालनमा ल्याउन जिल्लाका सबै स्थानीय तहले पहल थालेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि आफ्नै लगानीमा साप्सुखोलामा पक्की पुल निर्माणको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिपु्रङ चुइचुम्मा गाउँपालिका जोड्ने साप्सुखोलाको मोटरेबल पुलको काम ३५ प्रतिशत पूरा भएको छ । करिब चार महिना म्याद बाँकी रहँदा उक्त मोटरेबल पुलको काम ६५ प्रतिशत बाँकी देखिएको हो । करिब ४० मिटर लम्बाइ भएको पुलको काम निर्धारित समयमै पूरा गर्ने गरी गति दिइएको सूर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट इन्चार्ज एवं एकाउन्टेन्ट हरिप्रसाद बरालले बताउनुभएको छ । निर्माण कम्पनीका अनुसार प्रिस्ट्रेस बिम पुलको हालसम्म दुवै किनाराको पिलर ठड्याउने काम सम्पन्न भइसकेको छ ।
सूर्य एण्ड सन्स प्रालिले विसं २०७८ जेठ १७ गते प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्नेगरी विसं २०७६ जेठ १७ गते सम्झौता गरेको थियो । रु पाँच करोड ६० लाख १० हजार ५४५ मा ठेक्का लिएको निर्माण कम्पनीले शिलान्यास भएको छ महिनापछि पुलको काम शुरु गरेको थियो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्