×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘खुकुरी म्युजिक नेशन जुटेको छ नयाँ वर्ष २०२१’, जनवरी १ मा वृहत्तर अनलाइन कन्सर्ट

LAXMI SUNRISE BANK
GLOBAL

‘खुकुरी म्युजिक नेशन जुटेको छ नयाँ वर्ष २०२१’, जनवरी १ मा वृहत्तर अनलाइन कन्सर्ट

१७ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाली संगीतको प्रवद्र्धन गर्ने र संगीत प्रेमीहरुमाझ लय तथा सूरहरु पेश गर्ने प्रबल उद्देश्यका साथ खुकुरी रमले नयाँ वर्ष २०२१ के भव्यतापूर्वक शुरुवात् गन २०२१ को पहिलो दिन जनवरी १ तारिखमा वृहत्तर अनलाइन् कन्सर्टको आयोजना गर्दैछ । कार्यक्रम नयाँ वर्ष, नवीन शुरुवात् प्रति समर्पित रहनेछ । सन् २०२० सबैका लागि अत्यन्त कष्टकर रह्यो । यदि संगीतले त्यसलाई पुर्न सक्छ भनें यो सांगीतिक कन्सर्ट गत वर्षको संघर्षलाई निदान गर्ने उपाय हो, त्यसमा पनि नेपाली संगीत ।
कन्सर्टमा चर्चित एवं लोकप्रिय नेपाली कलाकारहरु समृद्धि राई, सबिन राई एण्ड दि फरौ, दि इलिमेन्ट्स, कबवेब, दि एक्स् ब्याण्ड, विपुल क्षेत्री र दि ट्राभलिङ्ग ब्याण्डको प्रस्तुति रहनेछ । नेपाली संगीतका पारखीहरुले यो कन्सर्टलाई खुकुरी युट्युब च्यानल र डिस होममा हेरेर भरपूर मज्जा लिन सक्नेछन् । कार्यक्रम साँझ ६ बजेपछि खुकुरी युट्युब च्यानल र डिस होममा शुरु हुनेछ ।
साथै कन्सर्टमा नयाँ नेपाली सांगीतिक स्टारको खोजमा आयोजित खुकुरी म्युजिक नेशन प्रतियोगिताका शिर्ष १६ प्रतियोगीहरुलाई पनि प्रस्तुत गरिनेछ । शिर्ष १६ प्रतियोगीहरुको चयन विपुल क्षेत्री, समृद्धि राई र सबिन राईसहितको निर्णायक मण्डलले गर्नेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकहरुले उनीहरुको आफ्नो सांगीतिक कभर भिडियो प्रतियोगिताको लागि आधिकारिक वेबसाइट खुकुरीम्युजिकडटकम मा अपलोड÷सम्मिलित गराएका थिए । यस प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागि भोट गर्न सक्ने प्रावधान राखिएको छ । यो प्रतियोगिता नेपाल भित्र र विदेशमा रहेका सबै नेपालीहरुका लागि खुल्ला गरिएको थियो ।
संगीतसँग खुकुरी रमको सधैं सम्बन्ध रहँदै आएको छ । आफ्नो उपलब्ध मञ्चबाट नेपाली संगीतको विविधतालाई प्रवद्र्धन गर्नु खुकुरी रमको प्राथमिकतामा पर्दछ । खुकुरी यो मान्यता राख्छ कि नेपाली संगीत नै एक त्यस्तो तत्व हो जसको कारण हामी ठोकुवाका साथ भन्न सक्छौं “गर्वका साथ नेपाली” ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी