
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ‘नविल किताब जात्रा, २०७७’ माघ १७ गतेदेखि हुने भएको छ । किताब यात्रा फाउण्डेसनद्वारा आयोजना गरिने ‘नविल किताब जात्रा, २०७७’ माघ १७ देखि २३ गतेसम्म हुने भएको हो ।

किताब यात्रा फाउण्डेसनले आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभिन्न सात वटा विषयमा सात वटा अन्तरक्रिया कार्यक्रम गरिने जनाएको हो ।

कला, साहित्यमाथि केन्द्रीत रहेर अन्तरक्रिया गरिने उक्त कार्यक्रमा यस टेलिभिजन प्रसारणबाट मात्र देखाइने फाउण्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले बताए ।

अधिकारीले कोरोना भाइरसको जोखिम अझै कायमै रहेकाले भौतिक दुरी कायम गर्दै अन्तरक्रिया गर्ने घोषणा पनि गरे ।

नविल बैंक प्रमुख टाइटल स्पोन्सर रहेको कार्यक्रम माघ १७ देखि एकसाता हरेकदिन साँझ ६ देखि ७ बजेसम्म एपी वान टेलिभिजनमार्फत देखाइने तय भएको छ ।

वक्ता तथा मोडेरेटरहरूले टेलिभिजनकै स्टुडियोबाट बहस गर्ने छन् ।आयोजित् कार्यक्रममा बोल्दै नविल बैंकका सीइओ अनिल केशरी शाहले अध्ययन भन्ने बित्तिकै किताब मात्र नभएर मानिसको जीवनको, दुख सुखको ज्ञान पनि पाठककै अर्को रुप भएको बताए ।

किताब यात्रामार्फत वर्षभर सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’ समेत दिइने भएको छ भने नेपाली वाङ्मयमा योगदान पुर्याउने एक जना व्यक्तिलाई ‘प्रेम साहित्य सम्मान’ पनि प्रदान गरिने भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्