- अर्थ सरोकार सम्बाददाता
धनगढी । कैलालीस्थितको धनगढी विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार धनगढी आउने बिहानैदेखि विमानस्थलको सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । विमानस्थलमा प्रधानमन्त्रीको सुरक्षार्थ नेपाली सेनाको विशेष टोलीसमेत परिचालन गरिएको छ।
नेकपा विभाजनपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउने भएका हुन् । यता मौसमका कारण उडान प्रभावित भएपछी उडानको केहि समयक लागि सारिएको थियो । बाँकी फोटोमा :