
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । बैंकिङ कसूरको मुद्दामा फरार रहेका कृष्णलाल ढोला पक्राउ परेका छन् । प्रतिवादी ढोलाले आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानी जानी जाहेरवाला सुभ कुमारी मगरलाई ज्योति विकास बैंकको ललितपुर शाखाको चेक काटि दिएकोमा बैंकबाट खातामा पर्याप्त मौज्दात रकम नभएको कारण उक्त चेकबाट जाहेरवालाई नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो ।
सोही घटनामा उच्च अदालत पाटनको गत २०७६ मंसिर २३ गतेको फैसलाले जिल्ला काठमाडौं भक्तपुर न.पा.वडां.५ बस्ने ढोलालाई ९ दिन कैद र १० लाख जरिवाना सुनाए पछि फरार रहेका थिए । ढोलालाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले साेमबार ३ गते अनामनगर, काठमाडाैंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेका छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्