×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कृषि विकास बैंकले कृषि क्षेत्रमै लगानी गर्नुपर्छ’ : गभर्नर अधिकारी (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘कृषि विकास बैंकले कृषि क्षेत्रमै लगानी गर्नुपर्छ’ : गभर्नर अधिकारी (भिडियो रिपोर्ट)

Artha Sarokar

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको बताउनुभएको छ । बुधबार कृषि विकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशको अर्थिक क्षेत्रको सुचकहरु सकारात्मक रहेको बताउनुभएको हो । कोभिड १९ को कारणले राजस्व परिचालनका केही सन्दर्भमा प्रतिकुलता रहेपनि अन्य क्षेत्रमा आर्थिक सुचकहरु सकारात्मक रहेको उहाँको भनाई छ । उहाँले कोभिड १९ को बावजुद पनि देशको अर्थतन्त्रलाई गतिशिल, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको बताउनुभयो । 
मन्त्री पौडेलले नेपाल कोभिडविरुद्द सहि नीति, सहि योजना र प्रभावकारी कार्यान्वयनका साथ अघि बढेको भन्दै छिटोभन्दा छिटो कोभिडविरुद्दको भ्याक्सिन आयात गरेर आम नागरिकलाई नि: शुल्क उपलब्ध गराउने जानकारी दिनुभयो । पहिले फ्रन्टलाइनबाट शुरु गरेर क्रमशः आम नागरिकमा पु¥याउने उहाँको भनाई छ । मन्त्री पौडेलले मध्यावधि निर्वाचन गर्ने कुरा संविधानले प्रवन्ध गरेको व्यवस्था भएको भन्दै उहाँले संविधानको कार्यान्वयनले मुलुकलाई गतिशिल ढंगले अघि बढाउन मद्दत गर्ने बताउनुभयो । मुलुकलाई संविधानले परिलक्षित गरेको दिशामा लैजानको निम्ति निर्वाचनको अपरिहार्यता रहेको पनि उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महा प्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागु गरेको र वित्तिय क्षेत्रलाई यसले विशेष रुपले समेट्ने भएकोले बढीभन्दा बढी विद्युतिय कारोबार होस् भन्ने हिसाबले राष्ट्र बैंक अघि बढेको बताउनुभयो । यसबाट सुशासन कायम हुने अपेक्षा गरिएको उहाँको भनाई छ । कृषिमा आधुनिकिकरण गर्ने धेरै सम्भावना मुलुकमा भएकाले कृषि विकास बैंकले अन्य क्षेत्रमा भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्ने उहाँले बताउनुभयो ।
कृषि विकास बैंक लिमिटेडका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकले आगामी दिनमा उच्चमुल्य प्राप्त हुने फलफुलमा कर्जा बिस्तार गर्ने बताउनुभयो । त्यसैगरी गाई भैंसी फार्ममामा पनि लगानी बिस्तार गर्ने योजना रहेको उहाँको भनाई छ । बैंकले उत्पादन र उत्पादकत्व बढाउने तर्फ काम गर्ने उहाँले बताउनुभयो । कृषि विकास बैंक लिमिटेडले बुधबार ५४औँ वार्षिकोत्सव मनाएको हो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी