
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार २३औँ भुकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भुकम्प स्मृति सभामा बोल्दै गृहमन्त्री थापाले आगामी दिनमा प्राकृतिक विपत्ति आकस्मिक रुपमा आउनसक्ने भएकाले ति विपत्तिको सामना गर्न पूर्व तयारी आवश्यक रहेको बताउनुभएको हो । उहाँले सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको पनि बताउनुभयो । २०७२ सालको भुकम्पको घाउ निको भइनसकेको भन्दै उहाँले पुननिर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । यस वर्षमा बाढी पहिरोका कारण क्षति भएका घरहरुको पुननिर्माणको कामपनि अगाडी बढाउनुपर्ने उहाँको भनाई छ ।
काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले सुरक्षा निकाय बस्ने जीर्ण भवनहरु निर्माण गर्न चाहेको बताउनुभयो । गृह मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिदैँ उहाँले अनुमति दिए सुरक्षा निकाय बस्ने जीर्ण भवन पुरानै स्वरुपमा काठमाडौँ महानगरपालिकाले बनाउने बताउनुभयो । विपतको सामना गर्न काठमाडौँको नाकाहरुमा दमकलको व्यवस्था गर्न खरिद प्रक्रिया अगाडि बढाएको पनि मेयर शाक्यले बताउनुभयो । अहिले काठमाडौँ महानगरपालिकाले भुकम्पपिडित घरधनीलाई नक्सा पासको दस्तुर मिनाह गरेको छ ।
राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका काम शुरु गरेको बताउनुभयो । जोखिमको जानकारी दिनको निम्ति पोर्टल निर्माण गरेको , भुकम्पको पूर्वतयारीको लागि स्वयंसेवक ब्युरो बनाउने लगायतका काम प्राधिकरणले गर्न लागेको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले हरेक वर्ष माघ २ गते राष्ट्रिय भुकम्प स्मृतिमा सभा गर्दै आएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्