×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकद्वारा क्यूआर क्यास विथड्रल सुविधाको थालनी, ग्राहकहरुले चेक बिना पैसा निकाल्न सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकद्वारा क्यूआर क्यास विथड्रल सुविधाको थालनी, ग्राहकहरुले चेक बिना पैसा निकाल्न सक्ने

१ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्यू आर स्क्यान एण्ड विथड्रल सुविधाको थालनी गरेको छ । उक्त सुविधा अन्तर्गत कुमारी बैंकका ग्राहकवर्गहरुले बिना कार्ड या चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसनमार्फत टेलरमा राखिएको क्यू आर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथड्र गर्न सक्नेछन् ।
ग्राहकवर्गले बैंकका हरेक शाखा तथा एक्सटेन्सन काउन्टरमा राखिएका क्यूआर कोड अंकित टेलर स्ट्यान्डमार्फत उक्त सेवाको लाभ लिन सक्नेछन् । क्यू आर प्रणाली मार्फत निकालिने नगद कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग र कार्डको दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ । 
कोभिड–१९ को विश्वव्यापी महामारीको विषम परिस्थितिमा यस सुविधाले कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षामा हानी नपुग्ने तथा टेलर स्टाफ र ग्राहक दुवैको समय बचत हुनेमा पनि बैंक विश्वस्त छ । बैंकले १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी