×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन

Artha Sarokar

४ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल मैदा उद्योग संघको २२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले कुमुद कुमार दुगडलाई आगामी २ बर्षको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ । सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, दितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ । अध्यक्ष कुमुद कुमार दुगड बिगतमा २ कार्यकाल संघको अध्यक्ष भैसकेका छन् । सभाले निम्न निर्णयहरु पारित गरी सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको छ । 
१) मु.अ.करका कारण आयातित मैदा संग प्रतिस्पर्धा गर्न नसकेको हुंदा मु.अ.कर छुटमा बिचार गरि दिन नेपाल सरकार समक्ष अनुरोध गर्ने । 
२) मैदा नेपालमै आत्मनिर्भर भैसकेको हुंदा अन्य मुलुकबाट आयात हुने मैदा पूर्ण बन्देज हुनु पर्ने ।
३) कच्चा पदार्थ गहुं र तयारी बस्तु मैदा आयात गर्दा भन्सार मुल्याङ्कन कमसेकम दुई तहले फरक हुनु पर्ने ।
४) गहुं र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कम भएकोले कम्तिमा पनि दुई तह फरक हुनु पर्ने । 
५) गहुं आयातमा ५ प्रतिशत कृषि सुधार शुल्कलाइ उद्योगकै नाममा गहुं आयात गर्दा १ प्रतिशत हुन पर्ने । कमसेकम याा कभबकयल मा भएपनि स्वदेशी उद्योगलाई सहुलिएत दरमा गहुं आयात गर्न पाउनु पर्ने । 
६) फ्लोर फोर्टिफिकेशन आयातित मैदामा पनि हुनु पर्ने । 
७) नेपालमा गहुं उत्पादन बढाउन किसान, सरकार र व्यवसायिको सहकार्य गर्दै जाने ।
८) मैदा निर्यातमा दिंदै आएको निर्यात अनुदान लाई पून ५ प्रतिशत कायम हुनु पर्ने । जसले गर्दा स्वदेशी मैदा विदेश निर्यात हुने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी