×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको लाइन काटियो, बेवास्ता गर्ने ग्राहकलाई पनि कारवाही गर्ने तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको लाइन काटियो, बेवास्ता गर्ने ग्राहकलाई पनि कारवाही गर्ने तयारी

Artha Sarokar

६ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लहान । लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काट्ेको छ । वक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले करीब एक महिनाको अवधिमा ९० जना ग्राहकको लाइन काटेको हो । विद्युत् लाइन काटिएकामध्ये ६० जनाबाट रु ६० लाख ३५ हजार बक्र्यौता असूल भएको र बक्र्यौता रकम बुझाउनेको पुनः लाइन जडान गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्रकुमार यादवले जानकारी दिनुभयो । 
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजार भन्दा बढी बक्यौता बाँकी रहेका २२० जना ग्राहकको सूची तयार गरेर विद्युत् लाइन काट्न शुरु गरेको प्रमुख यादवले बताउनुभयो । विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको प्रमुख यादवको भनाइ छ । 
उहाँका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता रकम नबुझाउने तीन फेजका २२० जना ग्राहकको विद्युत् लाइन काटिने र पछि थप ग्राहकको लाइन काटिने छ । ग्राहकबाट विद्युत् महसुलबापत करिब रु ३० करोड भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताउनुभयो । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक रहेका छन् । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी