- अर्थ सरोकार सम्बाददाता
ललितपुर । आज मंगलबार ललितपुरका विभिन्न स्थानमा बत्ती जाने भएको छ । लगनखेल वितरण केन्द्र अन्तर्गत ६६ केभी प्रशारणलाइन मर्मत गर्नुपर्ने भन्दै नेपाल विद्युत प्राधिकरणले मंगलबार दिनभर ललितपुरका विभिन्न स्थानमा बत्ती जाने जनाएको हो ।
मंगलबजार फिडरको इमाडोल कृष्ण मन्दिर अगाडिदेखि पवन प्रकृतिसम्म बत्ती काटिने प्राधिकरणले जनाएको छ । यस्तै इमाडोल, कृष्ण मन्दिर, बोझेपोखरी, महर्जन चोक, ढुंगेसागु, टीकाथली, सार्कीढीक, मोतीचोक, खरिबोट र ग्याँसप्लान्टलगायतका स्थानहरुमा बत्ती जानेछ ।