
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंक लि. र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी) को तर्फबाट स्टेभन विक सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, प्राईभेट सेक्टर संचालन विभाग तथा माछापुच्छ्रे बैंक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
एडीबीको AAA Credit मान्यता प्राप्त ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसंग सहकार्य गरिसकेको छ । उक्त सम्झौता पश्चात माछापुच्छ्रे बैंकका कृषि क्षेत्र, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायी ग्राहकहरुलाई अन्तर्राष्ट्रिय बजारमा ट्रेड तथा ग्यारेन्टीसंग सम्बन्धित कार्यमा सहज हुनेछ । आफ्ना ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंक लि.ले एडीवीसंग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक बिकासमा ठुलो टेवा पुग्ने विश्वास लिएको छ ।
स्थापना कालदेखि नै माछापुच्छ्रे बैंक लि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा नयाँ नयाँ प्रविधिहरुको माध्यमबाट सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नका लागि कटिवद्ध रहदै आएको छ । पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १५१ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्