×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

Artha Sarokar

१६ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर)को हिँउद याम ३ गते सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।
आज शुक्रबार बैंकको प्रधान कार्यलयमा आयोजित अभिनन्दन कार्यक्रममा हिमाल केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पु¥याएको योगदानको कदर स्वरुप बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय ज्यूले माउन्ट केटू आरोहण समूहलाई रु.पाँच लाख नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गरे ।
कार्यक्रममा आरोही श्री निर्मल पुर्जा ज्यूले बैंकले प्रदान गरेको यस सम्मानले साहासिक कार्यको लागि थप हौसला मिलेको बताउनुभयो । उक्त कार्यक्रममा माउन्ट केटू आरोहण समूहका सदस्यहरु, बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी