×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नगदको प्रयोग कम हुँदा देश, बैंक, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा हुन्छ’ : गभर्नर अधिकारी (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘नगदको प्रयोग कम हुँदा देश, बैंक, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा हुन्छ’ : गभर्नर अधिकारी (भिडियो रिपोर्ट)

१६ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्वपूर्ण हुने बताउनुभएको छ । नविल बैंक लिमिटेडले काठमाडौंको कुलेश्वर स्थित थोक फलपूmल विक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग सबैभन्दा उत्तम रहेको बताउनुभयो । 
पैसाको माध्यमबाट कोभिड–१९ संक्रमणको जोखिम हुनसक्ने भएकाले पनि अहिलेको अवस्थामा क्यूआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गर्नु सान्दर्भिक रहेको बताउनुभयो । गभर्नर अधिकारीले आपूm पैसामा हस्ताक्षर गर्ने व्यक्ति भएपनि आफूले हस्ताक्षर गरेको नोटको प्रयोग कम भए हुन्थ्यो जस्तो लागेको पनि बताउनुभयो । नगदको प्रयोग कम हुँदा, देश, बैंक, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा पुग्ने उहाँको भनाई छ । यस्तै नगदको प्रयोग सकेसम्म कम गरेर दैनिक कारोबार गरी आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन सकिने पनि गभर्नर अधिकारीले बताउनुभयो ।
कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले कोभिडको समयमा मात्रै नभई सधैंका लागि नगदरहित समाज निर्माण गर्नुपर्ने बताउनुभयो । प्रत्येक फलफूल पसलमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियान सञ्चालन गरेमा नगदरहित समाज निर्माण गर्न सकिने पनि उहाँको भनाई छ । सर्वसाधारण नागरिकले कारोबार गर्ने हरेक पसलमा क्यूआर कोडको प्रयोग गरी नगदरहित कारोबार सम्बन्धी शिक्षा दिन सकिने पनि सिइओ शाहले बताउनुभयो ।
साइकलमा फलफूल विक्री गर्दै हिंडने महमद सुल्तान मियाँले क्यूआर कोडबाट भुक्तानी हुने व्यवस्था भएपछि सहज भएको बताउनुभयो । साइकलमा फलपूmल राखेर गोजिभरी खुद्रा पैसा बोकेर हिंडनु नपर्ने र पैसा हराउने तथा चोरी हुने डर पनि नहुने बताउनुभयो । क्यूआर कोडबाट भएको भुक्तानीको मोबाइलमा म्यासेज आउने भएकाले ग्राहकले कोड स्क्यान गरेपछि खातामा पैसा आए नआएको तत्काल थाहा हुने भएकाले ढुक्क भएर कारोबार गर्न सकिने मियाँले बताउनुभयो । साइकलमा फलफूल तथा तरकारी विक्री गर्दै हिंडने व्यापारीले पनि क्यूआर कोडको प्रयोग गर्न थालेपछि राष्ट्र बैंकका अधिकारीहरु र बैंकर्सहरु खुशी देखिएका छन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: