- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, विभागीय सहायक, प्रदेश प्रमुख, अनुगमन अधिकृत र व्यवस्थापन प्रशिक्षार्थीका लागि कर्मचारीको माग गरेको हो । सम्पूर्ण पदहरुको लागि कम्यूटर ज्ञान अनिवार्य रहेको सूचनामा उल्लेख छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २१ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।