×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्सको खुद नाफा २०.९०% ले घट्यो, प्रतिसेयर आम्दानी पनि घटेर २३ रुपैयाँ ४९ पैसामा सिमित (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मञ्जुश्री फाइनान्सको खुद नाफा २०.९०% ले घट्यो, प्रतिसेयर आम्दानी पनि घटेर २३ रुपैयाँ ४९ पैसामा सिमित (विवरणसहित)

१४ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मञ्जुश्री फाइनान्सको खुद नाफा २०.९०% ले घटेको छ । चालु संस्थाले अवधिमा ११ करोड ३४ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा संस्थाले १४ करोड ३३ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: १.८२% र २.६६% ले घटेपछि खुद नाफामा असर परेको हो । पुस मसान्तसम्ममा संस्थाले ७ अर्ब ८९ करोड ५३ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८३ करोड ४० लाख ४२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै यस संस्थाको प्रतिसेयर आम्दानी घटेर २३ रुपैयाँ ४९ पैसामा सीमित भएको छभने प्रतिसेयर नेटवर्थ भने १४२ रुपैयाँ १० पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी