×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्सको माघ १८ गतेदेखि ५० करोड रुपैयाँ बराबरको ५ लाख इकाई ऋणपत्र बिक्री खुला हुने, कति छ ब्याज ?

PRIME CA

मञ्जुश्री फाइनान्सको माघ १८ गतेदेखि ५० करोड रुपैयाँ बराबरको ५ लाख इकाई ऋणपत्र बिक्री खुला हुने, कति छ ब्याज ?

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मञ्जुश्री फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । संस्थाले प्रतिइकाई १ हजार रुपैयाँ दरमा माघ १८ गतेदेखि ५० करोड रुपैयाँ बराबरको ५ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको हो ।जसमा ५० करोड रूपैयाँको ऋणपत्रमध्ये ३ लाख कित्ता अर्थात ३० करोड बराबरको ऋणपत्र परिपत्र विधिबाट र २ लाख कित्ता अर्थात २० करोडको ऋणपत्र सार्वजनिक निष्काशन प्रकृयाबाट बिक्री गर्ने फाइनान्सले जनाएको छ ।
यस ऋणपत्रमा वार्षिक ९.५% ब्याजदर पाइनेछ । कम्पनीले ८ बर्ष अवधिको ‘९.५% मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । 
उक्त समयमा सबै ऋणपत्र नबिकेमा फागुन २ गतेसम्म खुला रहनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइने संस्थाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: