×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी

Artha Sarokar

१९ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुर । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी हुनुभएको छ । अध्यक्षका प्रतिस्पर्धी भरतलाल जोशीलाई पराजित गर्दै न्याछ्यों निर्वाचित हुनुभएको हो । निर्वाचनमा न्याछ्योंले ६७८ र जोशीले ५१४ मत प्राप्त गर्नुभएको सङ्घले जनाएको छ । न्याछ्यों पाटन खाद्य भण्डारका सञ्चालक एवं व्यवसायी हुनुहुन्छ । 
सङ्घको वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उपाध्यक्ष (९उद्योग) मा सुसन महर्जन, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेशराज बज्राचार्य, रुपेन्द्रराज शाक्य, शर्मिला श्रेष्ठ (जोशी) र सुजन बज्राचार्य विजयी हुनुभएको छ । त्यसैगरी वाणिज्य उपाध्यक्षमा उसन बज्राचार्य, संस्थागत उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ, महासचिवमा रुपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित हुनुभएको छ । 
कार्यसमिति सदस्यमा आपुलाल अवाले, गुणकेशरी ताम्राकार, मिलन शाक्य, रमेशसिं महर्जन, राजु महर्जन र सजना श्रेष्ठ विजयी हुनुभएको छ । संस्थागत कार्यसमिति सदस्यतर्फ नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ ललितपुरका पूर्णबहादुर महर्जन र कार्यसमिति सदस्य एशोसियट क्षेत्रतर्फ नवीनमान श्रेष्ठ तथा वाणिज्य क्षेत्रबाट विमला शाक्य निर्वाचित हुनुभएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम श्रेष्ठले जानकारी गराउनुभयो । 
आफू विजयी भएपछि जिल्लामा उत्पादित वस्तुलाई अन्तरराष्ट्रिय बजारसम्म लैजाने उद्देश्य रहेको अध्यक्ष न्याछ्योंले बताउनुभयो । उहाँले भन्नुभयो,“कोरोनाको कारण शिथिल भएका व्यवसायीको हकहितमा काम गर्नेछु ।” -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी