×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण बत्ती गएको हो’ : ऊर्जामन्त्री टोपबहादुर रायमाझी (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL

‘विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण बत्ती गएको हो’ : ऊर्जामन्त्री टोपबहादुर रायमाझी (भिडियो रिपोर्ट)

१ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्नु नहुने बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्नुनहुने बताउनुभएको हो । विद्युत खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकोले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्ने बताउनुभयो । एमसीसी लागु गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उहाँको भनाई छ ।
ऊर्जा मन्त्री रायमाझीले बेला बेलामा विद्युत जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पार्नुभयो । विद्युतको अपर्याप्तताका कारण बिद्युत काटिएको नभई पुरानो संरचनाका कारण बेला बेला जाने गरेको उहाँको भनाई छ । मन्त्री रायमाझीले देशको राजनीतिक प्रणाली र परिवर्तनको मुद्धाहरु नै गुम्ने स्थिति आएको कारण मध्यावधि निर्वाचनमा जानुपरेको बताउनुभयो । उहाँले मध्यावधि निर्वाचनमा जानु प्रगतिशिल कदम भएको टिप्पणी गर्नुभयो । देशको परिवर्तनको रक्षा गर्न निर्वाचन आवश्यक रहेको उहाँको भनाई छ । 
उहाँले प्रतिपक्षी दलहरु निर्वाचनमा जान डराएको तथा सडकमा आन्दोलन गरेर देशको विकास र समृद्धि नहुने बताउनुभयो । मन्त्री रायमाझीले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको बिहिबार देखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल भारतबीचको अन्र्तविरोध न्युनिकरण गर्ने विषयमा छलफल हुने जानकारी पनि दिनुभयो । मन्त्री ज्ञवालीको भारत भ्रमण परराष्ट्र मन्त्री स्तरीय नियमित भ्रमण रहेको बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी