
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन शुक्रबार मेगा बैंकसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
जेसीबी इन्डिया लिमिटेडका कन्ट्री हेड विरेन्दर भारद्वाजको उपस्थितिमा भएको समारोहमा एमएडब्लु अर्थमुभसका तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल र मेगा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । योसँगै देशभरिका जेसीबीका ग्राहकले आफ्नो आर्थिक समाधानका लागि मेगा बैंकले विशेष सुविधा उपभोग गर्न पाउने छन् ।
‘आजको सहमतिपछि दुवै संस्थाले ग्राहकको हितलाई ध्यानमा राखेर देशभर फैलिएका आफ्ना शाखाहरुमार्फत सेवा प्रदान गर्नेछौं,’ एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘यो साझेदारीपछि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेर उहाँहरुलाई सन्तुष्ट बनाउने साझा लक्ष्य हासिल गर्न हामी सक्षम हुनेमा विश्वस्त छु । जेसीबी नेपालकै सबैभन्दा विश्वासिलो निर्माण तथा हेभि उपकरण ब्रान्ड हो जसकाकारण हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । र यसमा हामी गर्व गर्छौं ।’
त्यसैगरी, नेपालका लागि जेसीबी इन्डिया लिमिटेडका कन्ट्री हेड विरेन्दर भारद्वाजले एमएडब्लु अर्थमुभर्स जेसीबीको सर्वोत्कृष्ट डिलरमध्ये पर्ने बताए । ‘नेपाली बजारको मागलाई ध्यानमा राखेर सहज र शक्तिशाली मेसिनहरु र विक्रीपछिको सेवाउपलब्ध गराएकै कारणले एमएडब्लु अर्थमुभर्स उत्कृष्ट डिलर बन्न सफल भएको हो,’ उनले भने, ‘नेपाल सडक, हाइड्रो, सिमेन्ट र खानीमा ठूलो सम्भावना भएको विकासशील मुलुक हो । अहिले यहाँपूर्वाधार विकासको कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।’
‘हामीलाई विश्वास छ, देश विकासमा एमएडब्लु अर्थमुभर्सले साझेदारीको भूमिकानिर्वाह गर्ने छ किनभने गुणस्तरीय पूर्वाधार विकासका लागि सोही अनुरुपको गुणस्तरीय मेसिनहरुको आवश्यकता पर्छ जुन जेसीबी उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘निर्माण तथा हेभि उपकरण व्यापारमा रिटेल फाइनान्सिङको महत्व धेरै हुन्छ । मलाई विश्वास छ मेगा बैंकसँगको नयाँ साझेदारीले देशको विभिन्न भागमा रहेका जेसीबीका ग्राहकलाई गुणस्तरीय सेवा एमएडब्लु सक्षम हुनेछ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्