×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक नेपालले महिला उद्यमशील महासंघलाई सहुलियतपुर्ण कर्जा दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेगा बैंक नेपालले महिला उद्यमशील महासंघलाई सहुलियतपुर्ण कर्जा दिने

२९ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मेगा बैंक नेपालले नेपाल महिला उद्यमशील महासंघसँग आवद्ध महिलाहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । बैंकले विपन्नवर्ग, महिलाद्धारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सहुलियतपुर्ण कर्जा सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरे । योसँगैं मेगा बैंकले महासंघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
कार्यक्रममा बोल्दै बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा बैंकका सबै शाखा कार्यालयहरु मार्फत छिटो छरितो ढंगले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै महासंघकी अध्यक्ष बुढाथोकीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गर्न लागेको बताइन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी