×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफामा ८८.७८ प्रतिशतको छलाङ, अन्य महत्वपूर्ण सूचकहरुमा पनि आकर्षक वृद्धि

PRIME CA

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफामा ८८.७८ प्रतिशतको छलाङ, अन्य महत्वपूर्ण सूचकहरुमा पनि आकर्षक वृद्धि

११ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले दोस्रो त्रैमासमा ८८.७८ प्रतिशत बढीले बढाएर ७ करोड ५१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ३ करोड ९८ लाख ४ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
यस्तै पुसमसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी १० करोड ३५ लाखबाट बढेर १७ करोड ९२ लाख पुगेको छ भने सञ्चालन मुनाफा पनि ५ करोड ४० लाखबाट बढेर ११ करोड ९२ लाख पुगेको छ । जसकारण खुद नाफामा सुधार भएको छ । संस्थाको चुक्ता पूँजी ३९ करोड ८६ हजार २६ हजार रुपैयाँ रहेको छ भने वार्षिक प्रतिसेयर आम्दानी ३७.९४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५१.५५ रुपैयाँ पुगेको विवरणमा उल्लेख छ । 
साथै जगेडा कोषको आकार १३ करोड ३६ लाखबाट बढेर २० करोड ५४ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाले १ अर्ब ६७ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: