×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ वर्षमा मोबाइल बैकिङ प्रयोग गर्ने ग्राहकको संख्या २८ लाखले बढ्यो, इन्टरनेट बैकिङ प्रयोग गर्नेको संख्या पनि ह्वात्तै वृद्धि

PRIME CA

१ वर्षमा मोबाइल बैकिङ प्रयोग गर्ने ग्राहकको संख्या २८ लाखले बढ्यो, इन्टरनेट बैकिङ प्रयोग गर्नेको संख्या पनि ह्वात्तै वृद्धि

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो समय मोबाइल बैकिङका प्रयोगकर्ताहरु बढेका छन् । तथ्यांक अनुसार एक वर्षको अवधिमा २८ लाख १३ हजारले मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका हुन् । कोरोना भाइरसको बढ्दो जोखिम र लकडाउनका कारण बैंक आवतजावतमासमेत सहज नभएपछि मोबाइल बैकिङका प्रयोगकर्ताहरु ह्वात्तै बढेका हुन् । यस्तै कोरोना महामारीको अवधिदेखि बैंकहरुले विद्युतीय बैंकिङ कारोबार निःशुल्क गरेकोलगायत कारणले मोबाइल बैंकिङ प्रयोगकर्ता बढेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत मंसिरसम्म ९० लाख ९९ हजार ७३२ रहेका मोबाइल बैकिङ प्रयोगकर्ता रहेकोमा अहिले बढेर एक करोड १९ लाख १२ हजार ८१३ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । यस्तै गत कार्तिकसम्म ७६ लाख ४३ हजार २९६ पटक मोबाइल बैकिङ कारोबार भएर २ अर्ब ५६ करोड ५४ लाख कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । 
लकडाउनमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम कारोबार, नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस, राष्ट्र बैंकले आरटीजीएसलगायत कारोबार निःशुल्क गरेका थिए । आरटीजीएस, ईसीसी, कनेक्ट आईपीएस, ई–कमर्स, पीओएस, वालेट र क्यूआर कोडमार्फतको कारोबार पनि लकडाउनका बेला बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
साथै यो अवधिमा इन्टरनेट बैकिङको प्रयोग गर्ने ग्राहकको संख्यामा पनि वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार एक वर्षकोअवधिमा इन्टरनेट बैकिङ प्रयोगकर्ता एक लाख ३२ हजार ६ सय ३१ बढेका छन् । गत आवको मंसिरसम्म९ लाख २८ हजार ७०९ रहेको इन्टरनेट बैकिङका ग्राहक बढेर अहिले १० लाख ६१ हजार ३४० पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: