×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विभिन्न स्थानबाट हराएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकल धनीहरुलाई सोमाबार मोटरसाइकल हस्तान्तरण गरेको हो । महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी चोरी भएका मोटरसाइकल पक्राउ गर्न थालेको छ । खोजीको दायरा बढाउँदै लगेको तथा मोटरसाइकल फेला पर्ने क्रमपनि बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताउनुभयो । चोरहरुलाई मुद्दा दायर गरेको पनि उहाँले जानकारी दिनुभयो ।
महाशाखा प्रमुख भट्टराईले यो अभियानलाई अझ तिव्रताका साथ अघि बढाउने बताउनुभयो । हराएको मोटरसाइकल पाएपछि मोटरसाइकल धनीहरुले खुशी व्यक्त गरेका छन् । हराउन नदिनको निम्ति आगामी दिनमा सवारी धनिले नै सर्तकता अपनाउनुपर्ने उनीहरुको भनाई छ । महाशाखाको टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तिनकुने, पाटन, ढुंगेधारा, पुरानो बानेश्वर, सामाखुसी, ठमेल, सुकेधारा बसुन्धारा, कोटेश्वर, धुम्बाराही लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजी गरी बुझाएको हो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: