×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न, १५.५० प्रतिशत लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मुक्तिनाथ विकास बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न, १५.५० प्रतिशत लाभांश पारित

Artha Sarokar

२६ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मुक्तिनाथ विकास बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको उक्त साधारण सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसहित आ.व. ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ बोनस सेयर सहित) १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।
यस्तै बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए । 
साथै कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सभामा सहभागिता गराइएको थियो । सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट परेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी