
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्ती गरिएको छ । बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवद्र्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि.बीच भएको सम्झौतामा अनुसार श्रेष्ठ बैंकको ब्राण्ड एमबास्डरमा नियुक्त हुनुभएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गर्नु भएको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताउनुभयो ।
कार्यक्रममा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुशी लागेको बताउनुभयो । कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्