- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले १००% हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्ने अनुमति पाएको छ । बोर्डले १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
हकप्रद बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिएको छ । १००% हकप्रद निष्कासनपछि बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।