
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रदपश्चात पुनः थप २००% हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले पुनः २००% हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित माघ १६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले हालै धितोपत्र बोर्डले अनुमति दिएको १००% हकप्रद बिक्रीपछि कायम हुने १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००%) पुनः हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले तोकेको न्यूततम चुक्ता पूँजी ५० करोड पुर्याउन बैंकले अगामी वार्षिक साधारण सभाबाट थप २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विसिजनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।बैंकको सभा सभा स्टार बैंक्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि बैंकले पुस २९ गते बुक क्लोज गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्