×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई गाभ्ने, महिला सहयात्राको सेयर कारोबार रोक्का

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ती गर्ने भएको छ । यी दुई संस्थाबीच माघ ८ गते प्राप्ती सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेशनल माइक्रोफाइनान्सको तर्फबाट अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राको तर्फबाट अध्यक्ष अमृतचरण श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । 
नेशनल माइक्रोफाइनान्सको केन्द्रिय कार्यालय धादिङमा र महिला सहयात्राको केन्द्रिय कार्यालय मकवानपुरमा रहेको छ । नेशनल माइक्रोफाइनान्सले ४३ वटा जिल्लाहरुमा ६५ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ भने महिला सहयात्राले १८ जिल्लाहरुमा कार्यक्षेत्र रहेको छ । यी दुवै संस्थाले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिसकेका छन् । महिला सहयात्राले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै नेशनल माइक्रोफाइनान्सले २१ प्रतिशत बोनस शेयर र करसमेत ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी विनियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम महिला सहयात्राको सेयर कारोबार माघ ९ गतेदेखि रोक्का भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: