
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । माघ ९ गते सम्पन्न बैंककाे २३औं वार्षिक साधारणसभाले सञ्चालक समितिकाे १०.८१ प्रतिशत लाभांश प्रस्तावलाइ पारित गरेकाे हाे । उक्त सभामा १०.२६९५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद गरी १०.८१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लगिएकाे थियाे । सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस सेयर पश्चात यस बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रूपैयाँ पुग्नेछ ।
त्यस्तै, सभाले संस्थापक समुह“क” बाट तीन (३) जना र सर्वसाधारण समुह“ख” बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको छ । साथै, साधारण सभापश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समुह “क”बाट सञ्चालकहरुमा मोहनबहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् भने समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् ।
हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आफ्ना ग्राहकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७मा ७९अर्ब ६१ करोड रूपैयाँ निक्षेप परिचालन तथा ६७अर्ब ८१ करोड रूपैयाँ कर्जा प्रवाह गरेकाे छ । र, खुद नाफा १ अर्ब १० करोड रूपैयाँ आर्जन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्