
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग गाभ्ने तथा गाभिने बिषयमा छलफल नभएको प्रष्टिकरण दिएको छ । एनसीसी बैंकको नबिल बैंकसँग मर्जरमा जान लागेको हल्ला चलाएर सेयर बजारमा चलखेल गरिएपछि नेप्सेले सोधेको स्पष्टिकरणको जवाफ दिँदै एनसीसी बैंकले माघ ९ गते सम्पन्न साधारणसभाबाट प्रचलित नियम र कानुनर अनुसार बैंक गाभ्ने/गाभिने निर्णय गर्न संचालक समितिलाई अख्तियारी दिने नीतिगत प्रस्ताव मात्र पारित भएको जनाएको छ । बैंकले मर्जर तथा प्राप्तिका सन्दर्भमा अन्य बैंक तथा वित्तीय संस्थासँग कुनै छलफल र निर्णय नभएको प्रष्ट पारेको हो । बैंकले सेयर मूल्यमा प्रभाव पार्ने खालको निर्णय गरेको भए ३ दिन भित्र जानकारी दिन भन्दै नेप्सेले स्पष्टिकरण सोधेको थियो ।
