×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’ योजना, यस्ता छन् सुविधाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’ योजना, यस्ता छन् सुविधाहरु

Artha Sarokar

६ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजनाअनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सेवा संचालनमा ल्याएको छ । च्याटबोट सेवा ‘माया’ एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत संचालनमा ल्याएको हो । यो च्याट सेवाको डिजिटल प्लेटफर्ममार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारी सजिलै लिन सक्ने भएका छन् । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।
यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोट मार्फत एनसेलको सेवा लिन आफ्ना प्रश्न वा गुनासोहरु राख्नसक्ने भएका छन् । च्याटबोट सेवा ‘माया’ माघ ४ गतेदेखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा उपलब्ध भएका छन् । यस प्लेटफर्ममार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टर कार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिन तथा कुनै गुनासो भए राख्न सक्ने भएका छन् । 
एक दूरसञ्चार सेवाप्रदायकको रुपमा आफ्ना ग्राहकलाई नविन सेवा सुविधाहरु प्रदान गर्दै ग्राहकहरुलाई अभिवृद्धि गर्न एनसेल सदैव तत्पर छ । यस नविन डिजिटल सेवाले ग्राहक सेवालाई थप परिस्कृत गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । ग्राहकहरुलाई अभिवृद्घि गर्न एनसेल प्रतिवद्घ रहेको छ । यसै प्रतिवद्घता अनुरुप कम्पनीले ग्राहकलाई सामाजिक सञ्जालहरुमार्फत पनि ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ । आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत एनसेलले आगामी दिनमा ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै थप नयाँ तथा नविन सेवाहरु ल्याउँदै जानेछ ।
यस्ता छन् एनसेलले ल्याएको च्याटबोट सेवा ‘माया’ योजना:
  • ग्राहक सेवाका लागि डिजिटल च्याटबोट
  • चौबिसै घण्टा, सातै दिन एनसेलको वेबसाइट, फेसबुक, ह्वाट्सएप र भाइबरमा यो सेवा उपलब्ध हुने
  • प्रविधिको प्रयोग गर्दै विभिन्न सेवाहरु एउटै टच प्वाइन्टबाट
यी हुन् च्याटबोट सेवा ‘माया’उपलब्ध हुने प्लेटफर्महरु:

एनसेलको वेबसाइट 

https://www.ncell.axiata.com/

फेसबुक मेसेन्जर

https://m.me/ncell

भाइबर

http://bit.ly/FollowNcellViber

ह्वाट्सएप

https://wa.me/9779802229005

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी