
काठमाडौं । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैंकबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौता भएको छ । निर्धारित सेवा अवधि पूरा गरेका निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका निगमका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिइन् ।
तलबी बचत खाता सञ्चालनमा रहेका र निगममा पाँच वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा विनाधितो सरल कर्जा उपभोग गर्न पाउनेछन् भने सेवा अवधि तीन वर्षभन्दा कम भएका कर्मचारीलाई कर्जा प्रवाहसम्बन्धी विधि बैंकले तोकेबमोजिम हुनेछ ।
निमगको सिफारिसमा सरल कर्जा १५ लाख रुपैयाँसम्मको हुनेछ । सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छँदै राजिनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अयोग्य भई सेवाबाट हटेमा बैंकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट निजले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैंकलाई उपलब्ध गराइने छ । कर्जाको व्याजदर हाललाई आधार दर ५.७४ प्रतिशतमा २ प्रतिशत प्रिमियम थप गरी ७.७४ प्रतिशत रहने निगमले जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्