×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकको खुद नाफामा १६.५२ प्रतिशतको बढोत्तरी, वितरणयोग्य नाफा ४६ करोड ७ लाख ७३ हजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बंगलादेश बैंकको खुद नाफामा १६.५२ प्रतिशतको बढोत्तरी, वितरणयोग्य नाफा ४६ करोड ७ लाख ७३ हजार

Artha Sarokar

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा १६.५२% ले बढाएर ९४ करोड १२ लाख ५५ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको सोहि अवधिमा बैंकले ८० करोड ७७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ५० पैसा छ । यस्तै वितरणयोग्य नाफा पनि ५.१६% ले बढेर ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ पुगेको छ । 
सञ्चालन नाफा पनि १८.८९% ले बढेर १ अर्ब ३३ करोड ९० लाख ५२ हजार रुपैयाँ पुगेको छ । यता बैंकको खुद ब्याज आम्दानी भने ८.०१% ले घटेर १ अर्ब २४ करोड ६६ लाख ६५ हजार रुपैयाँमा सीमित भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी