×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो त्रैमासमा नेपाल बैंक लिमिटेडको खुद नाफा घट्यो, जगेडा कोषमा १३ अर्ब ८५ करोड रुपैयाँ जम्मा (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दोस्रो त्रैमासमा नेपाल बैंक लिमिटेडको खुद नाफा घट्यो, जगेडा कोषमा १३ अर्ब ८५ करोड रुपैयाँ जम्मा (विस्तृत विवरणसहित)

Artha Sarokar

१४ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंक खुद नाफा घटेको छ । बैंकले नाफा ०.१४% ले घटेर १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्ष बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ०.८०% ले घटेको छ भने खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ८.२४% र १७.९६% ले बढेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको खराब कर्जा २.८८% रहेको छ । बैंकको प्रतिसेयर आम्दानीमा ६ रुपैयाँ २ पैसाले घटेर २१ रुपैयाँ ३७ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने २५३ रुपैयाँ १८ पैसा छ ।
६ महिनामा बैंकको निक्षेप १ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ४८ अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ३ अर्बबाट बढेर १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । यस्तै बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख रुपैयाँ हुँदा जगेडा कोषमा १३ अर्ब ८५ करोड रुपैयाँ रहको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी