- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल फाइनान्सले ललितपुरको लगनखेलमा प्रधान कार्यालय रहेको ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच पुस २३ गते नै सम्झौता भएको हो ।
उक्त सहमती पत्र (एमओयू)मा दुबै संस्थाका अध्यक्षले हस्ताक्षर गरेका हुन् । यससँगै नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रकृया अघि बढाएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उध्वराज थपलियाले बताएका छन् ।