Skip to content
LAXMI SUNRISE BANK

नेपाल फाइनान्सको लिलामी सेयर बाँडफाँट

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले पुस २४ गतेसम्म लिलामीमा राखेको अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू पुस २८ गते मंगलबार बाँडफाँट गरेको छ । 
सेयर बाँडफाँटसँगै बाँडफाँटमा नपरेको सेयरवापतको रकम माघ ६ गते मंगलबार बैंक खातामा जम्मा गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आवेदकहरुले लिलामी फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ्ग हाउसको आईपीएस मार्फतजम्मा गरिने फाइनान्सले जनाएको छ ।
उक्त लिलामी सेयरको सर्वसाधारण सेयरतर्फ १६२ रुपैयाँ र संस्थापक शेयरतफ १०१ रुपैयाँ कटअफ कायम भएको थियो । चुक्ता पूँजी वृद्धि गर्न फाइनान्सले कार्तिक ६ देखि मंसिर २४ गतेसम्म चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद जारी गरेको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK