
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको आजदेखि ४ अर्ब रुपैयाँ बराबरको बन्डमा आवेदन दिन पाइने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ४० लाख इकाई बन्ड आजदेखि बिक्री खुला गरेको हो । बैंकले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०८४’ जारी गरेको हो ।
४० लाख इकाईमध्ये १६ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने बाँकी २४ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । बैंकले यसमा वार्षिक ८.५% ब्याजदर दिने जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने माघ २० गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै बन्ड बिक्री नभएमा माघ ३० गतेसम्म आवेदन खुला रहनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्