×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकारकर्मी श्रेष्ठमाथि भएको दुर्व्यवहारप्रति नेपाल प्रेस युनियनको निन्दा, कारवाही गर्न माग (विज्ञप्तिसहित)

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । मालपोत कार्यालय कैलालीमा भएको बेतिथिबारे समाचार संकलन गर्न गएका अर्थ सरोकार डटकमका सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठमाथि कार्यालयका प्रमुख सुरेन्द्र केसीले गरेको दुर्व्यवहार र हातपातको प्रयासको चौतर्फी आलोचना भएको छ । विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् । यसैबीच नेपाल प्रेस युनियन जिल्ला कार्य समिति कैलालीले पनि उक्त घटनाको निन्दा गरेको छ । महासंघले पत्रकार श्रेष्ठमाथि दुर्व्यवहार गर्ने कार्यालय प्रमुख केसीको व्यवहारप्रति खेद प्रकट गरेको छ । साथै, समितिले पत्रकारलाई दुर्व्यवहार र हातपातको प्रयास गर्ने प्रमुख केसीलाई कारवाही गर्न जोडदार माग गरेको छ । 

हेर्नुहोस् विज्ञप्तिसहित
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: