×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ दिनमै करेक्सन सकिएको हो ? फेरी १५.८७ अंकले बढ्यो सेयर बजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१ दिनमै करेक्सन सकिएको हो ? फेरी १५.८७ अंकले बढ्यो सेयर बजार

Artha Sarokar

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबारब सेयर बजार बढेको छ । नेप्से परिसूचक मंगलबारको तुलनामा १५.८७ अंकले बढेर २३४२.७६ बिन्दुमा पुगेको छ । लगातार बढिरहेको बजारमा मंगलबार भने ५.५७ अंकको देखिएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २११ कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २१ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६१ करोड ४० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: प्रभु बैंक र नेपाल पुनर्बीमा कम्पनीको भएको छ । आज ५ समूहबाहेकका अरु सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै बेस्ट फाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् भने बिशाल बजारका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी